सरकारमा जाने-नजाने टुङ्गो लगाउन एसको पोलिटब्युरो बैठक बस्दै
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
617
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज बस्ने भएको छ। पोलिटब्युरो बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्दै छ ।
सरकारमा जाने वा नजाने भन्ने विषयमा आज टुङ्गो लगाउने समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताए।
“वाम दलहरूलाई एक ठाउँमा उभ्याउनका निम्ति हामीले अग्रसरता लिने भन्ने छ । अहिले नै कुनै पार्टीसँग एकतामा जाने कुरा छलफलमा आइसकेको छैन । सरकारमा जाने वा नजाने भन्ने विषयमा पनि आज बस्ने पोलिटब्युरो बैठकले नै टुङ्गो लगाउनेछ”, प्रवक्ता खतिवडाले भने।
पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको खतिवडाले बताए।