arrow

पुस २५ देखि ग्लोबल आईएमई र बीओकेको एकीकृत कारोबार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
global-ime-bank-of-kathmandu.jpeg

काठमाडौं । यही पुस २५ गतेदेखि ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके) को एकीकृत कारोबार शुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको हो । यसअघि बैंकहरूले मर्जर सम्झौता गर्दा ग्लोबल आईएमई बीओके नाम राखेका थिए । तर अब एकीकृत कारोबार ग्लोबल आईएमई बैंककै नामबाट हुने भएको छ ।

गत असार २ गते दुई बैंकबीच मर्जर प्रयोजनको प्रारम्भिक सहमति भएको थियो । त्यस्तै कात्तिक २८ गते शेयर स्वाप अनुपात १ः१ कायम गर्ने गरी अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । 

 मंसिर २३ गते भएको दुवै बैंकका साधारण सभाले मर्जरलाई अनुमोदन गरेको थियो । मर्जरपछि बैंकको कूल पूँजी ५७ अर्ब रुपैयाँ कायम भएको छ । 

मर्जरपछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पूँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक भएको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कूल निक्षेप चार खर्ब, कूल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ