arrow

चौधरी बने लुम्बिनी कांग्रेस संसदीय दलको नेता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १८ सोमबार
delhi-chaudhary-congress-lumbini-samsadiya-2079.jpg

भालुवाङ । लुम्बिनी प्रदेश सभा नेपाली कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । दाङ क्षेत्र नं ३ (क) बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित उनी हाल पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री छन् । संस्थापन पक्षका चौधरी संविधान सभा सदस्यसमेत थिए । 

संसदीय दलको नेताका लागि डिल्लीचौधरी, राजु खनाल, अब्दुल रज्जाक, जन्मजय तिमिल्सिना, वीरबहादुर राना र निमा गिरी आकाङ्क्षी थिए । 

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ सांसद छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल बनेको र सो दलमा २९ सांसद छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ