arrow

खुकुरी हान्ने आरआरका विद्यार्थी क्याम्पसबाट निष्कासन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
rr-campus2.jpeg

काठमाडौं । खुकुरी प्रहार गर्ने रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)का तीन विद्यार्थी क्याम्पसबाट निष्कासन  भएका छन् ।  

यही पुस १३ गते आरआरमा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी गराएका छन् । 

आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ