arrow

सोलु लोदिङका २५ घरधुरी चार दिनदेखि अन्धकारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
electricity-bulb.JPG

सोलु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-३ का लोदिङवासी-४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । 

विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा रात कटाउन बाध्य बनेका हुन् । 

शुक्रबारदेखि विद्युत् सेवा ठप्प हुँदा टुकीको सहारा बस्न बाध्य बनेका स्थानीयवासीले गुनासो गरेका छन् । 

१५ किलोवाट क्षमताको विद्युत्को जेनेरेटरमा खराबी आएका कारण सेवा अवरुद्ध भएको सञ्चालक आङ पुला शेर्पाले बताए ।

मेसिन मर्मतका लागि काठमाडाँै पठाउनुपर्ने भएकाले सेवा सञ्चालन हुन अझै केही दिन लाग्ने शेर्पाको भनाइ छ ।
 



नयाँ