arrow

तनहुँमा टिपरको ठक्करबाट पोखराकी टीकादेवीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
accident-final.jpg

तनहुँ । तनहुँमा आइतबार सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर घाइते भएकी छन् । 

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. ३३ बागमाराकी ६० वर्षीया टीकादेवी चापागाईं रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी टीकादेवीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

यस्तै, गम्भीर घाइते भएकी बागमाराकै ३३ वर्षीया लीलादेवी नेपालीको मणिपाल शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. २ हलेदीमा ग२क ६२१९ नम्बरको ट्रिपरले टीकादेवी र लीलादेवी सवार ग१९प ५६५९ नम्बरको स्कूटरलाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

टिपर चालक अर्घाखाँची सन्धिखर्कका ४१ वर्षीय तिलक श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ