arrow

मेलम्चीको पानी वितरणका लागि दोस्रो चरणको सञ्जाल निर्माण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
melemchi.png

काठमाडौं ।  मेलम्चीको पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) आयोजना कार्यान्वयन निर्देशनालयले दोस्रो चरणमा सात सय ९६ किमी वितरण सञ्जाल निर्माण गरिरहेको छ । 

बालुवाटार, स्वयम्भू, मण्डिखाटार र कपन क्षेत्रमा निर्माण भइरहेको सात सय ९६ किमी वितरण सञ्जालमध्ये चार सय २७ किमीको काम सकिएको निर्देशनालयका प्रवक्ता चन्द्रकुमार पाँ श्रेष्ठले जानकारी दिए । बाँकी काम पनि चालू आर्थिक वर्षको अन्त्यसम्म सकिने उनको भनाइ छ । 

वितरण सञ्जालमा चारवटा निर्माण कम्पनीले काम गरिरहेका छन् । स्वयम्भू क्षेत्रमा शर्मा-रमा जेभी, बालुवाटार क्षेत्रमा धुम्-टिम्स्-कुमार-सिएभी-क्याब जेभीले काम गरिरहेको निर्देशनालयले जनाएको छ । 

यसैगरी मण्डिखाटार क्षेत्रमा वितरण सञ्जाल निर्माणमा टुँडी कन्स्ट्रक्सनले काम गरिरहेको छ । कपन क्षेत्रमा भने लिपेल-सैलुङ जेभीले काम गरिरहेको छ । 

कुल रु सात अर्ब ३६ करोड तीन लाख ८४ हजार लागतमा दोस्रो चरणको सात सय ९६ किमी वितरण सञ्जालको काम भइरहेको हो । 

निर्देशनालयले पहिलो चरणमा एक हजार १० किमी वितरण सञ्जाल निर्माण गरिसकेको छ । 

त्यसमध्ये पाँच सय ३२ किमी वितरण सञ्जालमा मेलम्चीको पानी परीक्षण भइसकेको छ । पहिलो चरणमा निर्माण भएको बाँकी क्षेत्रमा पनि पानी परीक्षणको काम भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ