arrow

नेपालगञ्ज-कोहलपुर सडकखण्ड फेरि अवरुद्ध 

ठाउँ-ठाँउमा विरोध प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
nepalgunj-road.jpg

नेपालगञ्ज । नेपालगञ्जमा मंगलबार पनि सडक अवरुद्ध पारिएको छ । ट्रकको ठक्करबाट एक साइकल यात्री विद्यार्थीको ज्यान गएको घटनालाई लिएर पीडित पक्षले आज पनि सडक अवरुद्ध पारेका हुन् ।

नेपालगञ्जको धम्बोझी, कारकाँदो र राँझा लगायतका स्थानमा चक्काजाम गरिएपछि नेपालगञ्ज-कोहलपुर सडकखण्ड अवरुद्ध भएको छ । सोमबार पनि दिनभर सडक अवरुद्ध पारिएको थियो । 

घटनाका दोषीलाई कडा कारबाहीको माग राख्दै चक्काजाम गरिएको हो । दैलेख घर भई नेपालगञ्जमा अध्ययन गरिरहेका १८ वर्षीय तेजन भन्ने टेन्सन थापा मगरलाई गत शनिवार ना ७ ख १७ नम्बरको ट्रकले न्यूरोडस्थित भानुभक्त चोकमा ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ