arrow

नबिल बैङ्क र मिडास एजुकेसनबीच समझदारी पत्रमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १९ मंगलबार
nabil-midas-MOU.jpg

काठमाडौँ। नबिल बैङ्क र मिडास एजुकेशन प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो साझेदारीसँगै नबिलका ग्राहकहरूले मिडास ई–क्लासका पठनपाठनका सामग्रीहरूमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन्।

नबिलका ग्राहकहरूले मिडास ई–क्लासको एक वर्षको शिक्षण र सिकाउने सफ्टवेयर आठ सय रुपैंयामा प्राप्त गर्न सकिनेछ भने ट्युसन, गृहकार्यमा मद्दत हुने कक्षा, र परीक्षा तयारीका कक्षाहरूमा २५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ। 

बैङ्कले यस समझदारी पत्रको मुख्य उद्देश्य खातावालाहरूलाई डिजिटल प्लेटफर्म मार्फत शिक्षण सिकाइ क्रियाकलापमा विशेष छुट प्रदान गर्नु रहेको बताएको छ।

मिडास ई–क्लास एउटा शिक्षण र सिकाउने सफ्टवेयर हो जसमा ट्यूटोरियल भिडियोहरू र विद्यालय पुस्तकका सबै पाठहरूको अन्तरक्रियात्मक रूपमा विकास गरेका हुन्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ