arrow

चिसोबाट बच्न मुढा वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
DD_Lamki-daurabitaran2.jpg

कञ्चनपुर । कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा मुढा उपलब्ध गराएका  छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गराएका हुन्  ।

 चिसोबाट सबैभन्दा बढी विपन्न परिवार, बालबालिका र जेष्ठ नागरिकलाई असर परेको छ। चिसोबाट जोगाउन बजार क्षेत्रका चोक चोकमा दाउरा र मुढाको व्यवस्था गरी आगो ताप्ने व्यवस्था मिलाइएको शुक्लाफाँटा नगरपालिका-११ का वडाध्यक्ष शेरबहादुर साउदले बताए । 

 निकुञ्ज कार्यालयसंग समन्वय गरी दुई टिपर दाउर र मुढा वितरण गरिएको उनको भनाइ थियो  । ग्रामीण क्षेत्रमा सामुदायिक वनको सहयोगमा   कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाले पनि मुढा उपलव्ध गराई आगो ताप्ने व्यवस्था गराएका छन्  । 

कृष्णपुरका व्यवसायी हरेन्द्र बोहराले चिसोबाट कोही पनि समस्यामा नपरुन भनेर निःशुल्क ग्रामीण क्षेत्र र बजार क्षेत्रमा दाउरा वितरण गरेका छन् । 

“जनताको जीउधनको शुरक्षा गर्ने कार्य जनप्रतिनिधिको दायित्व भित्र पर्दछ” शुक्लाफाँटा नगरपालिका-१० का वडाध्यक्ष लालबहादुर ऐरले भने, चिसोबाट सर्वसाधारणलाई जोगाउनका लागि दाउरा र मुढा बाल्ने व्यवस्था गराएका हौँ ।”

 बेदकोट नगरपालिका-९ का वडाध्यक्ष जनकबहादुर बिष्टले आवश्यकता भएका ठाउमा मागअनुसार आगो ताप्न बुढा वितरण गरिएको बताए । यहाँ बिहानीको समयमा बाक्लो हुस्सु लाग्ने र दिउसो सितलहर चल्ने गरेको छ । चिसो बढेकै कारण जिल्लाका केही स्थानीय तहले एक साताका लागि विद्यालय बन्द समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ