arrow

जसपाले बनायो अन्तर्घात गर्नेलाई कारबाही गर्न समिति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २० बुधबार
upendra-yadav-election-commission-jasapa.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचनमा अन्तर्घात गर्ने सङ्घीय परिषद् र केन्द्रीय सदस्यबारे छानबिन गर्न समिति गठन गरेको छ ।  राजनीतिक समितिको बैठकले निर्वाचनमा अन्तर्घात गर्ने सङ्घीय परिषद् र केन्द्रीय सदस्यबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । 

निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेलाई भने सम्बन्धित समितिले विधानअनुसार कारबाही गर्ने राजनीतिक समितिले निर्णय गरेको छ ।

यस्तै विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समितिसमेत गठन गरेको छ । उक्त समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापामगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहेका छन् । 

जसपाको मंगलबार बसेको बैठकले विभिन्न दल तथा सङ्गठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि पार्टीका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेका छन् ।

सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटको आधारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरबाट समर्थन गर्ने निर्णय पनि जसपाले गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ