arrow

नेतृत्व गर्न चाहिन्छ यी गुण

logo
चाणक्य नीति,
प्रकाशित २०७९ पुष २० बुधबार
chanakya1.jpg

काठमाडौं । हाल देशमा निर्वाचनसँगै नयाँ सरकार गठन भएको छ । नवगठित सरकारमा राम्रो लिडर बन्नेहरूको पनि होड लागेको छ । 

तर आचार्य चाणक्यले राम्रो लिडर बारेमा एक श्लोकमा व्याख्या गरेका छन् ।  चाणक्य नीतिको ११ औँ अध्यायको पहिलो श्लोकमा ४ गुणको बारे  बताइएको छ ।  जुन गुण सफल व्यक्ति वा असल लिडरमा हुन्छ । सो गुण सिकेर भन्दा पनि मानिसहरूमा जन्मजात रहन्छ । जसको प्रभावबाट हरेक काममा सफलता मिल्छ । 

आचार्य चाणक्यका अनुसार दानी गुण पहिलो हो । दान दिनु कुनै व्यक्तिको स्वभावमा हुन्छ । कुनै पनि मानिसलाई दान दिन सिकाउन सकिँदैन । यो स्वभाव त्यस मानिस भित्रको गुण हो ।  

निर्णय लिने क्षमता अर्को गुण हो ।  कुनै पनि व्यक्तिलाई निर्णय लिन पनि सिकाउन सकिँदैन । जुन व्यक्ति उचित समयमा सही निर्णय लिन्छ , सो व्यक्ति जीवनमा सफलता प्राप्त गर्छ ।

 तेस्रो मीठो बोली हो ।  मीठो बोली मानिसको सबैभन्दा ठुलो गुण मानिन्छ , यो गुण पनि मनुष्यको स्वभावमा हुन्छ । कसैलाई राम्रो बल्न सिकाउन सकिँदैन ।

धैर्यता चौथौँ गुण हो । धैर्यता मनुष्यको सबैभन्दा राम्रो गुण मानिन्छ । कठिन समयमा आफ्नो धैर्यता कायम राख्नाले मानिस खराब समयबाट निक्लन सक्छ । यो गुण व्यक्तिको जन्मसँगै आउँछ । धैर्यतालाई पनि सिकाउन सकिँदैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ