arrow

सत्ता साझेदार दलको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
sattagathbandhan-government.jpg

काठमाडौं । आज सत्ता साझेदार दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटार सत्ता साझेदार दलले आज बस्दैछ । आज सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिनका लागि बैठक बस्न लागेको हो । 

बुधबार  प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको सत्ता साझेदार दलहरूको बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो । 

उक्त बैठकपछि आजसम्म मस्यौदाको टुङ्गो लाग्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिएका थिए । उनले  भागवण्डा मिलाउन मन्त्रालय फुटाउने पक्षमा सरकार नरहेको पनि बताए ।

सरकारको साझा कार्यक्रम आइसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनेछन् ।  ‘प्रचण्ड’ले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

उनी विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । 

विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रचण्ड छन्  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ