arrow

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
prachanda-dahal-cabinet-2079-2022.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्री प्रचण्डले डाकेको बैठक बिहान ११ बजेदेखि बैठक जारी छ । प्रचण्ड प्रधानमन्त्री भएपछि यो दोस्रो पटक मन्त्रिपरिषद् बैठक हो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल भइरहेको छ । आज सरकारले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिँदै छ । 

मन्त्रिपरिषद्को बैठकपछि  बालुवाटार सत्ता साझेदार दलको बैठक बस्नेछ ।  आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुन सक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने तयारी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ