arrow

प्रचण्डको प्रभाव : एसले डाक्यो सचिवालय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
nepal-prachanda१.jpg

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठक आज बस्दै छ । बैठक समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा केही बेरमा बस्दै छ । 

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर विश्वासको मत मागेका थिए । 

उनीहरुबीच एकीकृत समाजवादीबाट समर्थनसहित सरकारमा सहभागिताको पनि कुराकानी भएको थियो । अब त्यसको निर्णय सचिवालय बैठकले गर्नेछ 

प्रचण्डलाई एकीकृत समाजवादीको समर्थन रहेको छ । प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ