arrow

नबिल बैङ्क र अलोइबीच डिजिटल ग्रिन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २१ बिहिबार
nabil-green-financing.jpg

काठमाडौँ। नबिल बैङ्क लिमिटेडले ग्रिन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ। यस साझेदारीको साथ नबिल बैङ्कले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने सेवाहरूको प्रभावकारी रूपमा अन्वेषण, मूल्याङ्कन र सहकार्य गर्ने बैङ्कले जनाएको छ।

नबिल बैङ्क लिमिटेडका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र अलोई प्राइभेट लिमिटेडका सह संस्थापक सोनिका मानन्धरले यो साझेदारीका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

वरिष्ठ सिइओ शाक्यले दिगो वित्त पोषणका रूपमा कमर्सियल इलेक्ट्रिक भेइकललाई सहज रूपमा ऋण प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए। 

दिगो बैङ्किङको रूपमा नबिल बैङ्कले व्यावसायिक विद्युतीय सवारी साधन खरिद गर्न चाहने उद्यमीहरूलाई आकर्षक मूल्य र सजिलो प्रक्रियामा ऋण लिन प्रोत्साहित गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ