arrow

सर्वदलीय बैठक बस्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
Parliament_building-1619601493.png

काठमाडौं । आज सर्वदलीय बैठक बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले आज सर्वदलीय  बैठक बोलाएका हुन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । सोही कारण बैठक सञ्चालन, प्रतिनिधि सभा बैठकमा दलहरूले बोल्न पाउने समय बाँडफाँड, सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा छलफल गर्न राणाले बैठक बोलाएका हुन् ।

बैठक सङ्घीय संसद् सचिवालय नयाँ बानेश्वरमा बस्नेछ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधि सहभागी हुनेछन् । । 

हालै सम्पन्न निर्वाचनमा प्रतिनिधि सभामा १२ वटा दलको प्रतिनिधित्व भएको छ । यस्तै, पाँच जना स्वतन्त्र सांसद विजयी भएका छन् । सात वटा दल मात्र राष्ट्रिय पार्टी बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ