arrow

सन् २००५ देखि चिनियाँ सीमा अतिक्रमण निरन्तर बढ्दो छ: डा. देवेन्द्र कुमार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
dr.devendra-joshi.jpg

काठमाडौं। भारतको साई नाथ विश्वविद्यालयका डा. देवेन्द्र कुमारले सन् २००५ देखि भारतीय सीमामा चिनियाँ अतिक्रमण निरन्तर बढ्दै गएको बताएका छन्। 

सन् २००५ मा चिनियाँ विदेश नीति उच्च बिन्दुमा पुग्दा चीनले सीमा विवाद समाधानका लागि प्रोटोकल समेत अघि सारेको र त्यति बेला भारत र अमेरिकाबीच रक्षा क्षेत्रमा सम्झौता भएको विषयले सो वर्ष महत्त्वपूर्ण रहेको उनले बताए।

तर, त्यसयता निरन्तर चिनियाँ घुसपैठ बढ्दै गएको पछिल्लो पटक सैन्य झडप नै हुन थालेसँगै चीन र भारतबीचको सम्बन्ध निकै नै तनावपूर्ण रहेको उनको भनाइ छ।

जेएनयुका प्रोफेसर भन्छन्: दक्षिण एसियाको आधुनिकीकरण लागि ८ ट्रिलियन चाहिन्छ, बीआरआई अन्योल हो

सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेड्रलिज्म (सीईएसआईएफ)ले आयोजना गरेको  जिओपोलिटिक्स एण्ड बीआरआई इन साउथ एसिया शीर्षकको अन्तर्राष्ट्रिय सेमिनारमा बोल्दै उनले दुई देशबीचको सम्बन्ध भोलिका दिनमा कहाँ जान्छ भनेर भन्न नसकिने स्थिति रहेको बताए।

उनले नेपाल र दक्षिण एसियाली मुलुकहरूले चीनसँग बीआरआई अन्तर्गतका सम्झौतामा सहकार्य गर्नुअघि निकै सोचविचार गर्नु पर्ने समेत बताएका छन्।

हेर्नुहोस् भिडियो:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ