arrow

दाजुको भौतिक आक्रमणमा परेको पूर्व राजकुमार ह्यारीको खुलासा

logo
रासस-एपी
प्रकाशित २०७९ पुष २२ शुक्रबार
prince-harry-sma-07nov14.jpg.jpeg

लण्डन। राजपरिवारको सदस्यता अर्थात् शाही पदवी त्यागेका बेलाइतका पूर्व राजकुमार ह्यारीले आफ्ना दाजु विलियमले आफूमाथि भौतिक आक्रमण गरेको खुलासा गरेका छन् । आफ्नो संस्मरणात्मक पुस्तकमा ह्यारीले दाज्यूबाट आक्रमण भएको खुलासा गरेका हुन् । 

मेघन मार्केलसँगको विवाह र उनी बिरामी परेका बेला उनको उपचारबारे छलफल हुँदा आफूमाथि दाजु विलियमले भौतिक आक्रमण गरेको ह्यारीले संस्मरणमा उल्लेख गरेका छन् । बेलाइतका सञ्चारमाध्यममा आफू र आफ्नी श्रीमतीका सम्बन्धमा सार्वजनिक भएका समाचार पनि दाजुभाइबीच बहसको विषय बनेको ह्यारीको यो खुलासाले बेलाइतको राजपरिवारका सदस्यबीचको वैमनस्य नटुङ्गिएको सङ्केत गर्छ । यद्यपि आफ्नी हजुरआमा एलिजाबेथ द्वितीयको निधनका बेला राजकुमार विलियम र ह्यारी सँगै देखिएका थिए ।

‘स्पेयर’ शीर्षकको संस्मरणमा ह्यारीले विश्वलाई धेरै चकित पार्ने आरोप लगाएका छन् । लागूपदार्थ सेवन, पहिलो यौन मुठभेड, अफगानिस्तानमा सैन्य सेवा, मान्छे मार्ने सेनाको भूमिकालगायत विषय समेटिएका छन् । केन्सिङटन राजप्रासादको मैदानमा रहेको नटिङ्घम निवासमा आफूहरूबीच सन् २०१९ मा झगडा भएको र आफ्नी पत्नीलाई ‘अशिष्ट, कठोर र कुपित’ भनेपछि विवाद बढेको बताउँदै उनले आफ्नो ‘कलर’ समातेर दाज्यूले प्रहार गरेको उल्लेख गरेका छन् । 

राजपरिवारको उत्तराधिकारीका रूपमा दाजुले आफूमाथि व्यवहार गरेको आरोप पनि ह्यारीले लगाएका छन् ।  दाज्यूको आक्रमणबाट आफू कुकुरको कचौरामा बजारिएको,  फुटेको कचौराले आफूलाई काटेको संस्मरणमा ह्यारीले लेखेका छन् । आफू घाइते भएपछि दाजुले क्षमा याचना गरेको पनि उनले लेखेका छन् । 

विश्वका १६ भाषामा प्रकाशन हुनुअघि पुस्तकको स्पेनी भाषाको प्रतिलिपि खरिद गरेको जनाउँदै एशोशिएटे प्रेसले प्रस्तुत पुस्तकका आरोप राजपरिवारका निम्तिमात्र नभई घनिष्ट मित्रहरूका लागि पीडादायी हुनसक्ने जनाउँदै ह्यारी र शाही परिवारका अन्य सदस्यको जीवन बारेका विवरण उजागर गरेको छ । 

सन् २०१२ मा अफगानिस्तानमा तालिबानविरुद्ध बेलायतको सैन्य अभियानमा आफूले अपाचे हेलिकप्टरको सहचालकका साथै एक फौजीका रूपमा काम गर्दा २५ जनालाई मारेको प्रसङ्गमा पनि संस्मरणमा समावेश छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ