arrow

सरकारको साझा कार्यक्रम : २०४८ यता सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन (मस्यौदासहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
bishnu-poudel-finance-minister-2079-09-11.jpg

काठमाडौँ। सत्ता साझेदार दलले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ। अर्थ मन्त्रालयमा आज बसेको न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठकले मस्यौदालाई अन्तिम रूप दिएको हो।

सरकारले सरकारी २०४८ साल यता सार्वजनिक सेवामा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्ने लगायतका प्रावधान समेटेर साझा न्यूनतम कार्यक्रमको खाका तयार पारेको छ।

उपप्रधानमन्त्री अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदामा सो कुरा उल्लेख गरेको हो। साथै टाइम कार्डको व्यवस्था लगायत नागरिकलाई सुविधा दिइने कुराहरू समेटिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ