arrow

गजल

logo
शैलेन्द्र थापा,
प्रकाशित २०७९ पुष २३ शनिबार
shailendra-thapa.jpg

नायक बस्ने कुर्सीमा त्यो जोकरको बास सधैँ 
मुहारको आकार देख्छौँ ओखरको खास सधैँ॥

खलनायक प्रवृत्ति त्यो बोक्छ चुक्छ कर्तव्यमा
दिमाग बस्ने ठाउँमा होला गोबरको थास सधैँ॥

चुकाएर मूल्य यहाँ त्यस्तालाई हो पाल्दा हामी
भयौं हुन्छौँ ज्युँदा लास र लोधरको दास सधैँ॥

स्वाभिमानको गला रेटि छिमेकीको पाउ पुज्दा
पुर्याइदियो उसले खेल्ने चौसरको पास सधैँ॥

नचेतेर धोखा पछि जति विश्वास गर्यौँ हिजो
अधिक गल्ती भयो गर्दा लोफरको आस सधैँ॥



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ