arrow

एमालेले राष्ट्रपति-सभामुख प्राप्त गरेपछि प्रचण्ड नेतृत्व सरकार छोड्न सक्ने: पूर्वराजदूत उपाध्याय

logo
नारायण वली,
प्रकाशित २०७९ पुष २३ शनिबार
deepkumar.PNG
फाइल तस्विर।

रुपन्देही। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई नेकपा एमालेले राष्ट्रपति र सभामुख पद प्राप्त गर्नका लागि पुस २६ गत विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने सङ्केत देखिएको नेपाली काँग्रेसका नेता एवं भारतका लागि नेपालका पूर्वराजदूत दिपकुमार उपाध्यायले बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वराजदुत उपाध्यायले नेपालको पुरानो पार्टी काँग्रेस सहित दलहरूभित्र रहेको भागबन्डा, गुटबन्दीले नैतिक मूल्यमान्यतामा ह्रास हुँदै गएकाले देशको राजनीतिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुग्न थालेको बताए । पूर्व मन्त्री समेत भइसकेका उपाध्यायले भने, चरम "कू" राजनीतिक मौलाउँदै गएकाले विरक्त भएर आफू अहिले जिल्लामै बस्दै आएको जनाए । 

उनले थपे, स्वर्गारोहण भइसकेका नेताहरूले हिजो के गरे त्यो छोडौँ,  अब रहेका नेताहरूले मौलिक स्वाभिमान बचाउन सके देशको खलबलिएको स्थितिलाई जोगाउन सकिने सुझाए । पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरूले विचारको राजनीति भन्दा सत्ता स्वार्थमा निहित भएर राजनीति गर्दै आएको प्रष्ट देखिएको जिकिर गर्दै गठबन्धन गर्नु लोकतन्त्रको मूल्यमान्यता भन्दा विपरीत भएको उल्लेख गरे । जसले गर्दा दलहरूका नीति, विचार कमजोर हुँदै गएको र जनताहरूमा पनि चेतना वृद्धि भएकाले निर्वाचनमा एक्लाएक्लै जाँदा हार्ने डरले दलहरूले गठबन्धन गरेर अगाडि बढ्दा देशले स्थिर सरकार पाउन मुस्किल परेको बताए ।

देशका राजनीतिक दलहरूका कारण गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता जस्ता एजेन्डाहरू विदेशी शक्तिहरूले घुसाएपछि मुलुक थप दयनीय स्थितिमा फस्दै गएको बताउँदै, नेपालका विपन्न वर्गहरू खाडी मुलुकमा गएर जोखिम कामगरी पठाएको रेमिट्यान्सले देशको हालको स्थिति धानेको र आन्तरिक राजस्व लक्ष्य अनुसार उठ्न नसक्नुले आगामी दिनमा देशको परिस्थिति अत्यन्तै गम्भीर मोडमा पुग्नेमा चिन्ता व्यक्त गरे । 

उपाध्याय भने, देश अस्थिरतामा गइसकेको छ । गत निर्वाचनमा काँग्रेस, एमालेको लोकप्रिय मत घट्नु दलहरूमा बढ्दै गएको कुण्ठाले घटेको हो । निर्वाचन मतपरिणामले काँग्रेस पहिलो दल बनेर पनि सरकार गठन गर्न नसक्नु नेतृत्वमा हुस्सुपना भएकाले शक्तिबाट तल झर्नु परेको ठोकुवा गर्दै युवापुस्तामा रूपान्तरण आवश्यक रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ