arrow

टि–ट्वान्टी क्रिकेट : विराटनगर र लुम्बिनी फाइनलमा भिड्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
nepalt20-league-lumbini-biratnagar.jpg
फाइल तस्विर।

काठमाडौं। पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ।भोलि हुने फाइनल खेलमा विराटनगरले लुम्बिनी अल स्टारसँग खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । विराटनगरले दिएको एक सय ६८ रनको लक्ष्य जनकपुरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै एक सय २८ रन मात्र बनाउन सक्यो ।

जनकपुरको लागि चाडविक वाल्टनले सर्वाधिक ५१ रनको योगदान दिए भने कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाए । तेस्तै खडक बोहोराले १४ रन बनाए ।

विराटनगरका राज नानन र कियोन जोसेफले समान तीन तीन विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । तेस्तै सूर्य तामाङले १ विकेट लिए । 

त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६७ रन बनाएको थियो । विराटनगरका लागि गौरान्शु शर्माले ४२ रन जोडे भने अर्जुन साउदले ३५ रन बनाए । तेस्तै राज नाननले ३३ तथा  हुसेन तलतले ३१ रन बनाए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सरफुदिन असरफ, ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान १÷१ विकेट लिए । 

भोलि हुने फाइनल खेलमा विराटनगरले लुम्बिनी अल स्टारसँग खेल्नेछ । प्रतियोगिताको विजेता टोलीले रु ५५ लाख पाउनेछ भने उपविजेताले रु ३० लाख पाउनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ