arrow

बाइडेनको घरमा फेला परे गोप्य सरकारी कागजात

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
biden.jpg

काठमाडौं। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनको डेलावेयर राज्य स्थित निवासमा थप केही गोप्य सरकारी कागजातहरू भेटिएको ह्वाइट हाउसले पुष्टि गरेको छ। सो फाइलहरू न्याय विभागलाई हस्तान्तरण गरिएको बताइएको छ।

बिहीबार ह्वाइट हाउसका विशेष सल्लाहकार रिचर्ड साउबरले बाइडेन उपराष्ट्रपति हुँदाको समयदेखिका क्लासिफाइड (गोप्य सरकारी, सार्वजनिक गर्न वर्जित) कागजातहरू डेलावेयरको विल्मिंगटन (हाल राष्ट्रपतिको घरको ग्यारेज)मा फेला परेको बताएका हुन्।

ग्यारेजको छेउमा रहेको कोठामा थप एक पृष्ठको कागजात भेटिएको साउबरले एक विज्ञप्तिमा भनेका छन्। डेलावेयरको रेहोबोथ बीचमा रहेको जो र जिल बाइडेनको दोस्रो घरमा भने, कुनै कागजातहरू फेला परेका छैनन्।

साउबरले कागजातहरू फेला परेपछि न्याय विभागलाई तुरुन्तै सूचित गरिएको र विभागका वकिलहरूले फाइलहरू सुरक्षित गरेको बताएका छन्।

गत नोभेम्बरमा समेत अमेरिकी मिडिया आउटलेटहरूले बाइडेन उपराष्ट्रपति हुँदाको समयका क्लासिफाइड फाइलहरू वासिङ्टन डीसी स्थित उनको पूर्व कार्यालय थिंक ट्याङ्कमामा पनि भेटिएको खुलासा गरेका थिए।

बाइडेनका वकिलसमेत रहेका रिचर्ड साउबरले यी गोप्य कागजातहरू अज्ञात किसिमले गलत ठाउँमा राखिएको भन्दै उनको बचाउ नगरेका छन् भने, अनुसन्धानले सत्य देखाउने उनको भनाइ छ।

'हामी विश्वस्त छौं कि विस्तृत समीक्षाले देखाउनेछ कि यी कागजातहरू अनजानमा गलत ठाउँमा राखिएको थियो, र राष्ट्रपति र उनका वकिलहरूले यो गल्ती पत्ता लगाउँदा तुरुन्तै कदम चाले,' उनले भनेका छन्।

संसद्का रिपब्लिकनहरूले बाइडेनको घरमा क्लासिफाइड फाइलहरू फेला पर्नु राष्ट्रिय सुरक्षा जोखिम भएको बताउँदै उनको घरमा आउने-जानेहरूको विवरण हेर्नको लागि माग गरिरहेका छन्।

आउने-जानेहरूको विवरण उपलब्ध गराइने छ छैन भन्ने विषयमा ह्वाइट हाउसले कुनै टिप्पणी गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ