arrow

नबिल बैङ्कको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन जना चयन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
nabil-38-agm-2023.jpg
फाइल तस्बिर

काठमाडौँ। क वर्गको बैङ्क नबिल बैङ्कको साधारण सभा बैठकबाट ३० प्रतिशत लाभांश पारित भएको छ। शुक्रबार बसेको बैङ्कको ३८ औँ वार्षिक साधारण सभा सञ्चालक समितिको बैठकले ३० प्रतिशत लाभांश पारित गरेको हो।

बैङ्कको सञ्चालक समितिले गत आर्थिक वर्षको सञ्चित मुनाफा तथा अन्य वितरणयोग्य कोषबाट शेयर धनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत गरेको थियो।

यसैगरी साधारण सभाले संस्थापक शेयर धनी समूहतर्फका ३ पदको लागि भएको निर्वाचनमा निर्वाण चौधरी, मलय मुखर्जी र एआरएम नजमुस शकिवलाई सञ्चालक समितिमा निर्वाचितसमेत गरेको छ।

नबिल बैङ्क आव २०७८-०७९ मा ४ अर्ब २५ करोड ६० लाख रुपैयाँ नाफा हासिल गर्न सफल भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ