- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्या हुने दाबी गरिएको छ । रुसी विपक्षी नेता लिया पोनोमारेभले भ्लादिमिर पुटिनको यसै वर्षको अक्टोबर ७ अघि हत्या हुने दाबी गरेका हुन् ।
युक्रेनमा बस्दै आएका पोनोमारेभ रूसको सबैभन्दा सक्षम र जिम्मेवार नेता मानिन्छ। उनी सन् २००७ देखि २०१६ सम्म सांसद थिए ।
उनी एक सांसद र विपक्षी नेताको रूपमा चिनिन्छन् जसले पुटिनको कदमको विरोध गरिरहेका छन्।
पुटिनका कट्टर आलोचक रहेका पोनोमारेभले पुटिनले कुनै पनि हालतमा आफ्नो ७१ औँ जन्मदिन मनाउन नसक्ने बताए।
उनका अनुसार पुटिनको हत्या गर्ने षडयन्त्र रचिएको छ र उनको मृत्युको लागि उनका नजिकका व्यक्तिहरू जिम्मेवार हुनेछन्।
यसअघि रुसी राष्ट्रपतिलाई क्यान्सर र पार्किन्सनजस्ता गम्भीर रोग लागेको र उनी जुनसुकै बेला कोमामा जान सक्ने भन्दै पश्चिमी र विशेष गरी अमेरिकी सञ्चारमाध्यमले धेरै पटक दाबी गरिसकेका छन् ।
तर, रुसी सरकारले सधैँ यी दाबीहरूलाई अस्वीकार गर्दै आएको छ।