arrow

यती विमान दुर्घटना

यती दुर्घटना : 'आकाशमै आगोको झिल्को देखिएको'

जहाजमा ६२ वयस्क, तीन बालबालिका र तीन अशक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
yeti-pokhara-accident.jpg

काठमाडौं। पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

“मौसमको समस्या थिएन, विमानको प्राविधिक कारणले दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ”, उनले, “विमानमा आकाशमै आगोको झिल्को देखिएको जानकारी प्राप्त भएको छ ।” 

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अवतरणको अनुमति लिएको जानकारी दिए । 

विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । 

प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ