arrow

राष्ट्रपतिद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
Bidhya Bhandari.jpg
फाइल तस्विर।

काठमडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आज ट्विट गर्दै दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेकी हुन् ।

“यती एयरलाइन्सको एटिआर–७२ विमान पोखरामा दुर्घटना भएको खबरले स्तब्ध भएको छु । दुर्घटनामा जीवन गुमाउने यात्रु एवं चालक दलका सदस्यहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु”, राष्ट्रपतिले ट्विटमा मार्फत भनेकी छन्। ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ