arrow

लिग-२ क्रिकेट: स्कटल्यान्ड- नामिबिया सम्मिलित शृङ्खला नेपालमा हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
nepal-uae-cricket-2022-11-16.jpg
फाइल तस्विर।

काठमाडौं। विश्वकप लिग-२ अन्तर्गत नेपालले सातौं त्रिकोणात्मक शृङ्खला आयोजना गर्ने भएको छ। श्रृखंलामा नामिविया र स्कटल्यण्ड समावेश हुनेछन्। फागुन २ देखी ९ गतेसम्म त्रिवि क्रिकेट मैदानमा उक्तशृङ्खला आयोजना हुनेछ।

नेपालका लागि योशृङ्खला महत्त्वपूर्ण मानिएको छ। सात टोली सम्मिलित लिग-२मा नेपाल २४ खेलमा ८ विजय सहित १८ अङ्कका साथ छैटौँ स्थानमा रहेको छ। स्कटल्यान्ड लिगको टुप्पोमा छ भने नामिविया तेस्रो स्थानमा रहेको छ।

एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता बचाउन नेपालले खेल्न बाँकी रहेको १२ खेलमा कम्तीमा ९ खेल जित्नु पर्ने छ ।जुन समीकरण अलि गाह्रो देखिएको छ। घरेलु मैदान र दर्शकको फाइदा भने नेपाललाई हुनेछ। उक्त फाइदालाई उपयोग गर्न सके यहीशृङ्खला नेपालको भविष्य प्रष्ट देखिने छ।

योशृङ्खला लगत्तै नेपाल-युएई-पपुवा न्युगिनीसँग नेपालमा अर्कोशृङ्खला खेल्ने छ । जुन तुलनात्मक रूपमा स्कटल्यान्ड ‍नामिविया सम्मिलितशृङ्खला भन्दा सजिलो हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ