arrow

मन्त्रीपरिषद विस्तार र शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
sapath-ministers-prachanda.jpg

काठमाडौं। अन्तत: प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। गठबन्धनमा सबैलाई मिलाएर अघि बढ्नेक्रमममा सोमबार साँझ भागबन्डामा कुरा मिलेको थियो। 

नवनियुक्त मन्त्रीहरूले शपथ गरेका छन्। भागबण्डाको क्रममा एमालेले राष्ट्रपति र उपसभामुख सहित अर्थ, परराष्ट्र, रक्षा, भूमिसुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पाएको छ भने माओवादीले प्रधानमन्त्री, उपराष्ट्रपति सहित भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाएको छ।

रास्वपाको भागमा उपसभामुख लगायत गृह, शिक्षा र श्रम मन्त्रालय सहित एक राज्य मन्त्री परेको छ। त्यसैगरि राप्रपाको भागमा ऊर्जा, खानेपानी र कानुन मन्त्रालय साथे उपप्रधानमन्त्री परेको छ। 

उता जनमत पार्टीको भागमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ। उता जसपालाई शहरी विकाससहित दुई मन्त्रालय छूट्याइएकोमा उपराष्ट्रपति नपाएका कारण जसपा सरकारमा नजाने सम्भावना रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ