arrow

ईयू-कतार घुसखोरी काण्डका ६७ वर्षीय सन्दिग्ध सबै कुरा खुलासा गर्न सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
Pier-Antonio-Panzeri.jpg

काठमाडौं। युरोपेलि युनियन (ईयु)को भ्रष्टाचार काण्डमा संलग्न एक आपराधिक सञ्जालको कथित 'लिडर' कुन देशहरू संलग्न थिए र कसरी सञ्चालन भयो भन्ने कुरा खुलासा गर्न सहमत भएका छन्।

पियर एन्टोनियो पान्जेरी अभियोजकहरूसँग सम्झौतामा पुगेपछि सबै कुरा बताउन सहमत भएको उनका वकिलले बताएका हुन्। युरोपेली संसद्का पूर्व सदस्य पियर एन्टोनियो पान्जेरी बेल्जियममा पक्राउ परेका चार सन्दिग्ध मध्ये एक हुन्।

यी चार जनाहरुमाथि २०२२ को फिफा विश्वकपको आयोजनाको लागि ब्रसेल्सको संसद्लाई प्रभाव पार्ने बदलामा कतार र मोरक्कोबाट घुस लिएको आशङ्का छ।

कतारले उपहार र पैसाको माध्यमबाट प्रभाव जमाउन खोजेको कुरालाई कडाइका साथ अस्वीकार गरेको छ भने, मोरक्कोले पनि माछा मार्ने अधिकार र पश्चिमी सहाराको विवादित स्थिति जस्ता मुद्दाहरूमा प्रभाव खोजेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ।

चार सन्दिग्धबाट गत महिना प्रहरीले फ्ल्याट, एउटा घर र एउटा होटेलमा छापा मार्ने क्रममा करिब १ करोड ५० लाख युरो नगद जफत गरेपछि अभियोग लगाइएको थियो।

अभियोजकहरूले पान्जेरी बेल्जियममा यसअघि एक पटक मात्र प्रयोग गरिएको सूचनाकारी कानुन अन्तर्गत अपराधबारे जानकारी दिएको बदलामा प्रतिवादीलाई माफ गर्ने (प्ली बार्गेन)मा सहमत भएको बताइएको छ।

उनका वकिल मार्क उइटेन्डेलले उनले आफ्नो जीवन समाप्त भइसकेको र बाँकी जीवनसमेत धेरै नरहेको बुझेर 'आपराधिक जिम्मेवारी' स्वीकार गरेको बताएका छन्। ६७ वर्षीय पान्जेरी संसद छाडेपछि उनी फाइट इम्प्युनिटी नामक लबी समूहको प्रमुख बनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ