arrow

‘वाइफाइ नेपाल’ विस्तार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
wifi nepal final photo.jpg

पोखरा । वाइफाइ नेपालले पोखरा, लेखनाथ र दमौलीमा सेवा विस्तार गरेको छ । काठमाडौंमा सेवा शुरुवात भइ सञ्चालनमा रहेको वाइफाइले यी तीन स्थानमा सेवा विस्तार गरेको हो ।

सेवाग्राहीलाई महिनाको ५०० रुपैयाँमा नै ८० एमबिपिएस स्पीडको इन्टरनेट उपलब्ध गराउने संस्थाका सिइओ शत्रुधन पञ्जियारले बताए ।

उनका अनुसार वाइफाइ नेपालबाट अहिले ५० एमबिपिएस र ८० एमबिपिएसको इन्टरनेटको सुविधा दिइएको छ । ५० एमबिपिएस स्पीडको इन्टरनेटको सेवा महिनाको ३३३ रुपैयाँमा सेवाग्राहीले सेवा पाउनेछन् ।

‘घरायसी तथा व्यापारिक ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै सस्तोमा इन्टरनेट सेवा विस्तार गर्न लागेका हौं । पोखरा, दमौली र लेखनाथमा एकैसाथ सेवा विस्तार गर्न लागेको खबर सुनाउँदा खुशी लागेको छ । आशा छ, काठमाडौंमा जस्तै सेवाग्राहीहरुलाई यहाँ पनि लाभ मिल्नेछ’, उनले भने ।

आफूहरुले निम्न र मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै उक्त सेवा प्रदान गर्न लागेको जानकारी उनले बताए । हाललाई नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने लक्ष्य आफूहरुको रहेता पनि आगामी समयमा गाउँगाउँमा सेवालाई विस्तार गर्ने योजना रहेको उनले स्पष्ट पारे । 

‘छिटो तथा भरपर्दो इन्टरनेट पहुँचको आवश्यकता र महत्व अहिले धेरैनै छ । निम्न र मध्यम वर्गीय परिवारको इन्टरनेट चलाउने आवश्यकतालाई परिपूर्ति गर्ने तवरले वाईफाई नेपाल लञ्च गरेका हौं । हाललाई शहर केन्द्रित भएता पनि भोलीका दिनमा ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना हाम्रो छ’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ