arrow

देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
Devraj-Ghimire-speaker.jpg

काठमाडौं। प्रतिनीधि सभामामा सम्पन्न सभामुखको निर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार देवराज घिमिरे विजयी भएका छन्। उनले  खसेको कुल २ सय६८ मतमध्ये १ सय६७ मत पाई विजयी भएका छन्।

त्यसैगरि ईश्वरीदेवी न्यौपानेले १ सय मत पाउँदा १ मत तटस्थ रहेको छ।

सभामुखको उम्मेदवारमा सत्ता साझेदार दलका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र प्रतिपक्षका तर्फबाट नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेले हिजो मनोनयन दर्ता गराएका थिए ।

देवराज घिमिरेको एमालेका सुवास नेम्वाङ प्रस्तावक रहेका थिए भने माओवादीका हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने र राप्रपाका राजेन्द्र लिङ्देन समर्थक रहेका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीको समर्थन रहेको थियो।

कांग्रेसका उम्मेदवार न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रहेका थिए । भने समर्थकमा नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका थिए । न्यौपानेलाई नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ