arrow

प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदिप गौतम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ६ शुक्रबार
sudip.jpg

दाङ । नेपाल प्रेस युनियन लुम्बिनीको अध्यक्षमा सुदिप गौतम निर्वाचित भएका छन् । दाङको घोराहीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट गौतम सर्वसम्मत अध्यक्षमा निर्वाचित  भएका छन् ।

अधिवेशनबाट खुला उपाध्यक्ष जय सिंह केसी, महिला उपाध्यक्षमा सारदा मल्ल, समावेशी उपाध्यक्ष पहलमान घर्ती चयन भएका छन् ।

यस्तै महासचिवमा नवीन गिरी, खुला सचिवमा सूर्य भुसाल, महिला सचिवमा कल्पना डुम्रे, समावेशी सचिवमा सम्सेर विक्रम जिसी भएका छन् भने कोषाध्यक्ष सिपी खनाल बनेका छन् ।

अधिवेशनबाट प्रकाश रेग्मी, वसन्त वन्जाडे, तेजेन्द्र केसी, सुदिप भण्डारी, गौरव गिरी, विष्णु आचार्य, पारस भण्डारी, दिलीप खडका, प्रमोद आचार्य, रबीन सर्मा चापागाईँ, कृष्ण थापा, सुमन श्रेष्ठ, यमकला भुसाल, सीमा भट्टराई , ओमा कडेल, पूजा पन्थी, दुखहरण यादव, रवीन्द्र यादव, सुरेश परियार सदस्य बनेका छन् ।

यसै गरी लेखा समिति संयोजकमा मुत्ती प्रसाद न्यौपाने र सदस्यमा इन्द्रजीत रेग्मी र प्रकाश घिमिरे बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ