arrow

अमेरिकी राष्ट्रपतिको घरमा छापा : गोपनीय दस्ताबेज फेला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
biden-america.jpg

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरबाट गोपनीय दस्ताबेजहरू बरामद भएका छन् । अमेरिकी न्याय विभागका अधिकारीहरूले करिब १३ घण्टाको अनुसन्धानपछि यी फाइलहरू कब्जामा लिएका थिए ।

गत शुक्रवार अमेरिकी राष्ट्रपति बाइडेनको डेलावेयरमा रहेको घरमा ६ थप गोपनीय दस्ताबेज फेला परेका हो ।

यीमध्ये केही फाइलहरू बाइडेन सिनेटर हनुअघिका रहेका छन् । कतिपय फाइल ८ वर्षअघि उनी उपराष्ट्रपति हुँदाका छन् ।

बाइडेनको घरमा बिहान ९:४५ देखि राति १०:३० बजेसम्म खोजी गरिएको थियो। खोजीका क्रममा दुवै पक्षको कानुनी टोली र ह्वाइट हाउसका एक अधिकारी पनि उपस्थित थिए।

बाइडेनको बैठक कोठादेखि ग्यारेजसम्मको सम्पूर्ण घरको खोजी गरिएको थियो ।

खोजीमा गोपनीय दस्ताबेजका अलावा हातले लेखिएका केही नोट र वरपर राखिएका अन्य सामान पनि बरामद भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ