arrow

बाइडेनको घरमा फेरि भेटिए गोप्य सरकारी कागजात

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ८ आइतबार
joe-biden-new.jpg

काठमाडौं। संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले राष्ट्रपति जो बाइडेनको डेलावेयरको विल्मिंगटन स्थित घरमा फेरि खोजी गर्दा थप छवटा गोप्य सरकारी कागजात (क्लासिफाइड डोकुमेन्ट)हरू फेला पारेका छन्।

सन् १९७३ देखि सन् २००९ सम्म डेलावेयरबाट सिनेट रहेका बाइडेनको सोही कार्यकालका केही गोप्य कागजातहरू र त्यससँगैका सामग्रीहरू फेला परेको राष्ट्रपति बाइडेनका व्यक्तिगत वकिल बब बाउरले शनिबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन्।

फेला परेका अन्य कागजातहरू सन् २००९ देखि सन् २०१७ सम्म तत्कालीन राष्ट्रपति बराक ओबामा प्रशासनमा बाइडेन उपराष्ट्रपति रहेका बेलाका हुन्।

कुन स्तरका कागजात हुन् र ती अहिले पनि गोप्य कागजातकै रुपमा रहेका छन् वा छैनन् भन्ने कुरा भने स्पष्ट गरिएको छैन्।

अमेरिकी न्याय मन्त्रालयका अधिकारीहरूले शुक्रबार त्यहाँ खोजी गरेका थिए र १३ घण्टा भन्दा बढी खोज चलेको थियो।

करिब एक हप्ता अघि मात्रै बाइडेन उपराष्ट्रपति रहेकै बेलाका ६ वटा गोप्य सरकारी कागजातहरु उनको घरमा फेला परेका थिए।

यो भन्दा करिब तीन महिना पहिले बाइडेनको वाशिंगटनको पेन बिडेन केन्द्रमा रहेको उनको पुरानो कार्यालयमा पनि यस्तै गोप्य सरकारी कागजात फेला परेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ