arrow

क्रिकेट म्याच फिक्सिङ प्रकरण: क्रिकेटर मेहबुब आलम र आदिल अन्सारी पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ९ सोमबार
Mehboob-alam-Adil-Ansari-ar.jpg

काठमाडौं। नेपाली क्रिकेटमा पछील्लो समय देखिएको सट्टाबाजी र म्याच फिक्सिङ प्रकरणले नयाँ रूप लिएको छ। अनुसन्धान गरिरहेको नेपाल प्रहरी (सीआईबी) ले पूर्व क्रिकेटर मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गरेको छ । आलम र अन्सारीलाई काठामडौं बाहिर पक्राउ गरिएको सीआईबीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।

 नेपाल टी-२० क्रिकेट लिगमा स्पट फिक्सिङ भएको आरोपपछि सीआईबीले अनुसन्धान शुरु गरेको थियो ।  यो लिग शुरुदेखि नै विवादमा थियो। लिगमा स्पट फिक्सिङको आशङ्का भएपछि सीआईबीले अनुसन्धान गरेको थियो। अनुसन्धानबाट केही नेपाली र विदेशी खेलाडीहरू समेतको संलग्नता हुन सक्ने आशङ्का गरिएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ