arrow

एर्दोगानले भने- नेटोमा सामेल हुन स्वीडेनले हाम्रो समर्थनको आशा नगरे हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १० मंगलबार
nato-turkey.jpg

काठमाडौं। टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगानले सोमबार नेटोमा सामेल हुने स्वीडेनको प्रस्तावलाई समर्थन हुने अपेक्षा नगर्दा हुने बताएका छन्। स्टकहोममा भएको विरोध प्रदर्शनमा कुरानको प्रतिलिपि जलाइएको केही दिनपछि एर्दाेगानले यस्तो टिप्पणी गरेका हुन्।

रुसले युक्रेनमा आक्रमण गरेपछि स्वीडेनले नेटोमा सामेल हुन आवेदन दिएको थियो तर, यसलाई सामेल हुन पहिले नै सदस्य रहेको टर्कीको पनि स्वीकृत आवश्यक पर्छ।

स्वीडेनमा रहेका कुर्दिश प्रदर्शनकारीहरूले यसै महिना एर्दोगनको पुत्ला झुण्ड्याएर कुरान जलाएका थिए।

'स्वीडेनले नेटोको लागि हामीबाट समर्थनको अपेक्षा गर्नु हुँदैन,' एर्दोगानले जवाफमा भनेका छन्।

'हाम्रो देशको दूतावासको अगाडि यस्तो अपमान गर्नेहरूले उनीहरूको निवेदनमा हामीबाट कुनै आशा गर्न सक्दैनन् भन्ने कुरा स्पष्ट छ,' उनले भनेका छन् । शनिबारको कुरान जलाउने बाहेक विरोध प्रदर्शनको स्वीकृति स्विडेनी अधिकारीहरुले दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ