arrow

गोरखाको पुंगजी गुम्बामा भीषण आगलागी, ३० करोडको क्षति भएको अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ११ बुधबार
Gumba Photo.jpg

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. २ हिनाङस्थित रहेको पुंगजी गुम्बामा भीषण आगलागी हुँदा करोडौँको क्षति भएको छ ।

आगलागीबाट करिब ३० करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिए । 

मंगलबार साँझदेखि ५ः३५ बजेदेखि शुरु भएको आगो स्थानीय र प्रहरीको सहयोगमा राति १० बजेमात्रै नियन्त्रणमा आएको वडासदस्य छिरिङ छिम्बलले बताए ।

सोलार सर्ट भएर आगलागी भएको बताइएको छ । गोरखा प्रहरी प्रमुख केदार खनालले आगलागीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको बताए ।

यसैबीच गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी प्रमुख केदार खनालसहितको टोलीले हेलिकोप्टरमार्फत आज बिहान गुम्वामा पुगेर निरीक्षण गरेका छन् । 

सांसद न्यौपानेले स्थानीयको आस्थाको धरोहर गुम्बामा आगलागीबाट ठूलो क्षति भएकाले गुम्बा पुनःनिर्माणमा आफूले प्रदेश र संघ सरकारसंग पहल गर्ने प्रतिवद्धता जनाए । 

‘तिब्बतसँग सीमाना जोडिएको पालिकाको ठाउँ हो त्यो । त्यहाँ अहिलेसम्म सडक पुगेको छैन । गुम्बा भएको ठाउँमा फोन पनि सहज पहुँच छैन’’ उनले टेलिफोनमा भने ‘मंगलबार आगलागी भएको कुरा थाहा भयो । के कति क्षति भयो, स्थानीयको अवस्था के छ भन्ने कुनै सूचना नभएपछि बुधवार आफैँ गएको हुँ ।’

गुम्बा जलेर ध्वस्त भएपछि स्थानीय पनि निकै भावविह्लल भएको आफूले पाएको सांसद न्यौपानेले बताए । 

यो गुम्बा नुब्री क्षेत्रकै प्राचीनमध्यको एक मानिन्छ । माने घुम्न ल्हो, स्यो, ल्ही गाउँका ज्येष्ठ नागरिकहरु गुम्बामा आवासीयरुपमा बस्दै आएका छन् ।

यस्तै, अरु धेरै भिक्षु पनि त्यहाँ बस्दै आएका थिए । गुम्बाभित्र रहेका पुरातात्विक सम्पदा, पुस्तकहरु, मुर्तिहरु, विभिन्न बहुमूल्य सामाग्री जलेर नष्ट भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ