arrow

तौलेश्वरनाथ मन्दिर परिसरमा विपन्न परिवारलाई कम्बल वितरण

logo
मणी गैह्रे,
प्रकाशित २०७९ माघ १२ बिहिबार
Kapilvastu-help-blanket.jpg

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका गरिब तथा विपन्न परिवारलाई तौलेश्वरनाथ मन्दिर परिसरमा कम्बल वितरण गरिएको छ । भारतको गणतन्त्र दिवस तथा सरस्वती पूजाको अवसरमा लुम्बिनी विकास कोषका निवर्तमान सदस्य तथा सामाजिक अभियन्ता राजेश ज्ञवालीले पच्चिस जना सहयोगापेक्षी, विपन्न एवं गरिब परिवारलाई जाडोको न्यानो कम्बल वितरण गरेका छन् ।

मधेश मानवअधिकार गृह (माहुरी होम)को १५ औ साधारण सभामा  नगद सहित पुरस्कृत भएका   राजेश ज्ञवालीले आफूले पाएको पुरस्कार राशि विपन्न गरिब परिवार माथि खर्च गरेका हुन। उनले चिसोको कारण कोही पनि न्यानो कपडाको अभावमा कठाङ्ग्रिएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ अहिले न्यानो कपडा उपलब्ध गराएको बताए।

 कार्यक्रममा साझा प्रयास अभियानका संयोजक रवि ठाकुर ,नेपाली काँग्रेस पार्टीका कपिलवस्तु नगरपालिकाका नगर अध्यक्ष खुुर्सेद अहमद खाँ, नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, समाजसेवी मुख्तार अहमद खाँ, सविता श्रेष्ठ, डा.सतीश उपाध्याय, तौलेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थितिमा कम्बल विवरण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ