arrow

मानव केन्द्रित चाहना विद्याबाट मात्रै प्राप्त हुन्छ : सरुभक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १२ बिहिबार
Sarubhakta.jpg

पोखरा । साहित्यकार एवम् नाट्य प्रतिष्ठानका पूर्व उपकुलपति सरुभक्त श्रेष्ठले फिस्टेल एकेडेमीले सृजनात्मक एवम गुणस्तरीय जोड दिंदै गएको बताएका छन् ।

एकेडेमीले श्रीपञ्चमीको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा साहित्यकार सरुभक्तले मानव केन्द्रित चाहना विद्याबाट प्राप्त हुने भएकाले सृजनात्मक रुपले सुविचार र चिन्तन प्रक्षेपण गर्नु अहिलेको आवश्यकता भएको बताए ।

पठन संस्कृतिको विकासमा जोड दिएर बौद्धिक ज्ञान आर्जन गर्न सकिने जनाउँदै फिस्टेलका विद्यार्थीले बुक क्लब गठन गरेर पुस्तक प्रदर्शनी गर्नु निकै सकारात्मक भएको धारणा राखे । सो अवसरमा श्रेष्ठले आफ्नो बालबालिका केन्द्रित पुस्तकहरु छिट्टै आउन लागेको पनि जानकारी दिए ।

कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुरा पौडेलले फिस्टेल एकेडेमिले शैक्षिक र अतिरिक्त क्रियाकलापमा खेलेको भुमिका निकै प्रशंसनीय रहेको जनाउँदै शैक्षिक गुणस्तरका लागि आवश्यक पुर्वाधाारमा फिस्टेल अग्रस्थानमा रहेको बताए ।

विद्यालयका संस्थापक सञ्चालक चिनु रानाभाटले विद्यालयले गुुणस्तरीय शिक्षाका लागि आवश्यक सम्पूर्ण पूर्वाधारसहित सृजनात्मक तवरले आधुनिक शिक्षा प्रणालीलाइ अवलम्बन गरेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताए ।

उनले पोखराको फिस्टेल एकेडेमिले गुणस्तरीय शिक्षाका लागि काठमाडौं लगायत विदेशका विद्यालय खोजेर जाने सोचलाई बदल्न सफल भएको बताए ।

कक्षा १२ का विद्यार्थी प्राप्ति लम्सालले सरुभक्तलाई पहिलो पल्ट भेट्दाकोे अनुभव शेयर गर्दै विद्यार्थीको लागि सरुभक्त प्रेरणाको स्रोत भएको बताए ।

सो अवसरमा विद्यालयले आयोजना गरेको खुला विद्यालय स्तरीय कविता प्रतियोगिताबाट उत्कृष्ट पाँचमा पर्न सफल भानुभक्त आमावि अन्जना सुवेदी, सैनिक आवसीय मावि पोखराका प्रवीण ढकाल (कक्षा १२), त्रिभुवन शान्ति नमुना मावि रश्मी गौतम, कुमुदिनी होम्स पोखरा रिया श्रेष्ठ, अञ्जुली आमावि पोखरा सन्तोषी ढकालले आफ्नो उत्कृष्ट कविता प्रस्तुत गरेका थिए ।

निर्णायकको भूमिकामा साहित्यिक व्यक्तित्व शिव संकल्प, गोपाल खनाल, प्रकाश अधिकारी गरेका थिए ।

विद्यालयमा विद्यार्थीहरुले विभिन्न नृत्य तथा गायनकला प्रस्तुत गरेको सो कार्यक्रममा विद्यालयका कार्यकारी निर्देशक दिनकर नेपाल, विद्यालय संयोजक गीताञ्जली राठौरले विद्यालयका शैक्षिक एवम् अतिरिक्त क्रियाकलापको बारेमा चर्चा गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ