arrow

क्यानाडा अध्ययनका लागि काठमाडौंमा शैक्षिक मेला हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १३ शुक्रबार
canada-flag.png

काठमाडौं । क्यानाडा अध्ययनका लागि लक्षित गर्दे काठमाडौँमा शैक्षिक मेलाको आयोजना हुने भएको छ । फेब्रुअरी १० मा आयोजना हुने मेलालाई क्यानाडाको जर्जिएन कलेजका प्रतिनिधिहरूमध्ये अन्तर्राष्ट्रिय शिक्षा र विकास निर्देशक मिस स्टेफनी ब्यारी, दक्षिण एशिएन देशका प्रतिनिधि रोहन रावतले सम्बोधन गर्दैछन् ।

यी दुई परामर्शदाताबाट  जर्जियन कलेजमा थप अध्ययनहरू सञ्चालन गर्ने सन्दर्भमा विभिन्न प्रकारका जिज्ञासाहरूलाई पनि सम्बोधन गर्ने बताइएको छ । मेलामा जर्जियन एट आइल्याक कलेजका क्षेत्रीय रिक्रुट्मेन्ट  प्रबन्धक सौरभ पटेल र अन्तर्राष्ट्रिय विद्यार्थी सल्लाहकार रितिका मेहरोत्रा पनि उपस्थित हुनेछन् ।

क्यानडा अध्ययन जानकारीको सन्दर्भमा  नेपालका तीन विश्वसनीय शैक्षिक परामर्श संस्थाहरू गोरेटो कन्सल्टेन्सी, इन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर र पपुलर कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरूलाई वन-स्टप शोलुसनु दिने उद्देश्य लिई क्यानडा स्थित जर्जियन कलेजसँग सहकार्य गरि मेलाको आयोजना गर्न लागिएको हो ।  

जसमा क्यानाडाका शैक्षिक संस्थाहरूमा भविष्यमा हुने शैक्षिक कार्यक्रमहरूको सन्दर्भमा सबैभन्दा बढी खोजिने र अन्योलमा पार्ने विषयहरू, नेपाली विद्यार्थीहरूले क्यानडा अध्ययनको सिलसिलामा जानु पूर्व नेपालमा गर्नुपर्ने तयारी, उपयुक्त विषय छनोट, को-अप, पिआर को अवसर साथै पछिल्लो समय पि.टि.ईको बारेमा चलेको भ्रमको यथार्थ विश्लेषणको लागि पनि छुट्टै सत्र राखिनेछ ।

मेला कान्तिपथमा अवस्थित एल्लो प्यागोडा होटेलमा बिहान ११ बजेदेखि ३ बजेसम्म चल्नेछ । जसमा तीन शैक्षिक परामर्शदाता संस्थाहरूका प्रतिनिधिहरू राम खड्का, धिरज कँडेल,  सतिस भट्ट, अमित श्रेष्ठ, दीपेन्द्र रसाइली, र सरु आचार्यले विद्यार्थीहरूलाई शैक्षिक कार्यक्रम लगायतका विषयमा जानकारी दिनेछन् । सो अवसरमा क्यानडाली अध्यागमन परामर्शदाता आइसी आर सीका रजिष्टर्ड कानुनी सल्लाहकार कृति खड्काले पनि क्यानडा स्थायी बसोबास सम्बन्धित उठेका प्रश्नहरूलाई सम्बोधन गर्नेछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ