arrow

रुपन्देही जिल्ला लिग नकआउट छनौट प्रतियोगिताः जनप्रिय स्पोर्टिङ क्लबलाई हराउँदै हिमालय क्लब विजयी

logo
नारायण वली,
प्रकाशित २०७९ माघ १४ शनिबार
rupandehi-nakout.jpg

रुपन्देही । रुपन्देही जिल्ला लिग नकआउट छनौट प्रतियोगिता २०७९ विहिबार देखि बुटवलमा शुरु भएको छ । जिल्लामा रहेका क्लबहरुलाई फुटबल लगायत खेलहरुप्रति अपेक्षित गराउँदै खेलाडीहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको नकआउट छनौट प्रतियोगिताको दोस्रो दिन पनि प्रतिष्पर्धात्मक खेल भएको छ । 

शुक्रवार (आज) सैनामैना स्थित जनप्रिय स्पोर्टिङ क्लब र मणिग्रामको हिमालय युथ क्लबविच खेल भएको थियो । प्रतिष्पर्धात्मक खेलमा हिमालय युथ क्लवले जनप्रिय स्पोर्टिङ युथ क्लवलाई २ गोलले पराजित गर्दै विजयी भएको रुपन्देही जिल्ला फुटबल संघका सचिव तथा खेल संयोजक दिपक गुरुङ्गले जनाएका छन् ।  

खेलको शुरुवाती २६ मिनेटमा पेलान्टी मार्फत् हिमालय युथ क्लवका खेलाडी जर्सी नम्वर १५ का कमल गुरुङ्गले गरेका थिए भने, सोही क्लवका अर्का खेलाडी जर्सी नम्वर ५ का उत्सव गुरुङ्गले दोस्रो हाफको २९ मिनेटमा दोस्रो गोल गरेका थिए ।  

माघ २७ गतेसम्म सञ्चालन हुने लिग नकआउट छनौट प्रतियोगिताको आयोजना रुपन्देही जिल्ला फुटबल संघले गरेको हो । सिद्धेश्वर खेल मैदानमा खेल आयोजना गरिएको छ । लिग नकआउट छनौट खेलमा १६ वटा क्लबहरुले सहभागिता जनाउने वताईएको छ । जसमध्ये संघमा आवद्ध भएका २० वटा क्लबहरुमध्ये गतवर्ष रेलिगेशनमा परेका र कागजी प्रक्रिया पूरा नगरेका ६ वटा क्वलहरु समावेश हुन नपाएपछि १४ वटामा झरेको संघले बताएको छ ।

जिल्लामा ए डिभिजनका ८ र बि डिभिजनका ६ वटा क्लबहरु रहेको पनि उल्लेख गरिएको छ । प्रतियोगितामा फाईनल चरणमा पुग्ने २ वटा टिमलाई जिल्ला लिगमा खेल्न पाउने व्यवस्था गरिएको जनाईएको छ । प्रत्येक टिममा बढीमा १८ जना खेलाडीहरु र २ जना अफिसियल राखिने भएको छ । एन्फाको ए, बि, सि डिभिजन वा विदेशी क्लबहरुमा आवद्ध भएका खेलाडीहरु खेल्न नपाउने भएका छन् ।

यसअघि विहिबार (हिजो) उद्घाटनका दिन भएको प्रतियोगितामा चाँदनी युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै जनज्योती क्लव विजयी भएको थियो । हिजोको खेलमा जनज्योतीका आशिष गुरुङ र निरज थापाले २५/५८ औं मिनेटमा गोल गरेका थिए । भोली हुने खेेेलमा बुद्धभूूमि क्लब र बुद्धशाान्ती बिच हुने बताईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ