arrow

अमेरिका नेपालका विकास परियोजनाहरूलाई अगाडि बढाउन तयार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १६ सोमबार
prachanda-victoria-nuland-usa.jpg

काठमाडौं । अमेरिकाले नेपालको विकासमा आफूले शुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन तयार रहेको जनाएको छ । 

दुईदिने नेपाल भ्रमणमा रहेकी अमेरिकाकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालको विकासमा अमेरिकाले शुरु गरेको विकास परियोजनाहरु अगाडि बढाउन तयार र दृढ रहेको जानकारी गराएकी हुन् । 

आइतबार काठमाडौं आइपुगेकी उनले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । 

सो क्रममा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा पनि नेपालको विकासमा अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । साथै प्रधानमन्त्री र नुल्यान्डबीच द्विपक्षीय सहयोग, आपसी हितका  विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

काठमाडौंको बसाइका क्रममा नुल्यान्डले कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल लगायतसँग भेटवार्ता गरेकी छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ