arrow

कांग्रेस बाँकेको पूण्य कर्म, मानव सेवा आश्रममा खुवायो खाना 

logo
सौरभ गिरी, 
प्रकाशित २०७९ माघ १६ सोमबार
congress-banke-sahayog.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सामाजिक सेवाभावमा अग्रसरता बढाएको छ । सामाजिक र सिर्जनात्मक कार्यमा पनि आफूलाई समर्पित गर्दै आएको कांग्रेस बाँकेले राष्ट्रिय शहीद दिवसको अवसरमा वीर शहीदहरुको सम्झना गर्दै आज नेपालगञ्ज–१० आदर्शनगरस्थित मानव सेवा आश्रममा खाना खुवाएको छ।
 
मानव सेवा आश्रममा आश्रय लिइरहेका ३६ जनालाई बिहानको खाना खुवाइएको हो । त्यस अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले मानव सेवालाई केन्द्रविन्दुमा राखेर कांग्रेस बाँकेले सेवाभावका साथ गरेको पूण्य काम प्रशंसनीय भएको बताए । 

उनले आश्रममा रहेका व्यक्तिहरुका लागि आफूले संचालन गरेको आयुर्वेदिक अस्पतालमा मासिक रुपमा निःशुल्क उपचारसँगै औषधिको व्यवस्था मिलाउने उद्घोषसमेत गरे । 

सभापति नारायणप्रसाद गौडेलले मानव सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरेर शहीद दिवसको सन्दर्भ पारी बेसहारा नागरिकलाई एक छाक भए पनि खाना खुवाउने कार्य गरिएको बताए । उनले बेसहारा नागरिकलाई खाना खुवाउन पाउँदा सन्तोष मिलेको बताए । 

उनले यो पटक कांग्रेस बाँकेले फरक ढंगबाट सहिद दिवस मनाएको बताउँदै सबै क्षेत्रीय कमिटीहरुलाई पनि सामाजिक र सिर्जनात्मक कार्यक्रम गर्न निर्देशन दिइएको बताए ।

मानव सेवा आश्रमका बाँके जिल्ला संयोजक उर्विन सापकोटाले खाना खुवाउने कार्यक्रम आयोजना गरेकोमा नेपाली कांग्रेस बाँकेलाई धन्यवाद दिए । 

कार्यक्रममा पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्रबहादुर हमाल, कृष्णमान श्रेष्ठ लगायतले सहिदहरुको स्मरण गर्दै बेसाहारा नागरिकलाई खाना खुवाउने जस्तो पूण्य काम अत्यन्त प्रशंसनीय भएको बताए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुधांशु कोइरालाले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ