arrow

गृह मन्त्रालयको दाबी गरेका रवि पुगे बालुवाटार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
rabi-prachanda.jpg

काठमाडौं । आफ्नो पार्टीले गृह मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज फेरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन् ।

नागरिकता विवादमा उपप्रधानमन्त्री तथा गृहमन्त्री  पद गुमाएका लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन् ।

भेटमा उपनिर्वाचन र गृह मन्त्रालयलगायत समसामयिक बिषयमा कुराकानी भएको थियो। प्रधानमन्त्रीसँग रविले गृह मन्त्रालय नछाड्ने अडान राखेको बताइएको छ ।  

नेपाली नागरिकता लिएर रास्वपाको पुनः सभापति भएपछि रवि आइतबार साँझ पनि बालुवाटार पुगेका थिए । सो समय उनले गृह मन्त्रालय आफ्नो पार्टीको भागमा परेको र सो मन्त्रालय नछाड्ने अडान राखेका थिए ।

रविको पार्टीलाई गृहमन्त्रलाय दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीलाई दबाव दिँदै आएका छन् ।  प्रधानमन्त्री प्रचण्ड भने उक्त मन्त्रालय आफैँसँग राख्ने मनस्थितिमा रहेका छन् ।

आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट रविले नागरिकता लिएपछि ओलीले प्रचण्डलाई भेटेर गृह मन्त्रालयमा फर्काउन दबाब दिएका थिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ