arrow

क्यानका सात केन्द्रीय सदस्यले मागे अध्यक्षसहित पाँच पदाधिकारीको राजीनामा, छाडे बोर्ड बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
can-ICC.jpg.jpeg

पोखरा । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकमा विवाद भएको छ । पोखरामा जारी बोर्ड बैठकमा सात केन्द्रीय सदस्यहरुले अध्यक्षसहित पाँच जनाको राजीनामा मागेसँगै विवाद भएको हो । 

नेपाली क्रिकेटको दूरावस्था निम्त्याउन पाँच पदाधिकारी जिम्मेवारी रहेको भन्दै सात सदस्यहरुले अध्यक्षलाई ज्ञापनपत्र बुझाउँदै बोर्ड बैठक छाडेका छन् । 

केन्द्रीय सदस्य ऋषिराम गौतमले क्यानको दूरावस्थामा अहिलेका पदाधिकारी जिम्मेवार रहेको भन्दै राजीनामा मागिएको बताए । उनले सात सदस्यहरुले राजीनामा मागेसँगै बोर्ड बैठकबाट बाहिरिएकोसमेत बताए । 

सात केन्द्रीय सदस्यहरुमा गौतमसँगै दाउद अन्सारी, संजयराज सिंह, करण महतारा, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका छन् । 

यसअघि पनि उनीहरुले पत्रकार सम्मेलन गरेर नेतृत्वको विरोध गरेका थिए । उनीहरुले नेपाल टी–२० लिगको विषयमा धारणा सार्वजनिक गर्दै यो लिगले गर्दा क्यान बदनाम भएको निष्कर्षसमेत निकालेका थिए । 

लिगमा देखिएको पछिल्लो विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै उनीहरुको राजीनामा माग गरिएको थियो । 

आज १७ बुँदे एजेन्डामा छलफल गर्न बसेको बोर्ड बैठक सात सदस्यले बहिस्कार गरेपछि अलपत्र परेको छ । 

यद्यपि १९ सदस्यीय बोर्डमा नेतृत्वका बहुमत सदस्य रहेकाले निर्णय भने गर्न सक्नेछ । 

गौतमले राजीनामा नै मागेको नेतृत्वले ल्याएका एजेन्डा समेटिएको बोर्ड बैठकमा बस्नु उपयुक्त नहुने भन्दै बाहिरिएको बताएका छन् । 

उनले नेतृत्वले राजीनामा नदिए त्यसको जिम्मेवारी पनि बेहोर्नुपर्ने चेतावनी दिएका छन् । 

तर बोर्ड बैठकका एजेन्डा हेर्दा भने चतुरबहादुर चन्द नेतृत्वको क्यानले अर्लि इलेक्सन गर्ने लक्षण देखाएको छ । 

त्यस्तै विवादित विषयमा समेत छलफल गर्न विषय समेटिएको छ । बलात्कार आरोप मुद्दा खेपिरहेका निलम्बित कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने विषय पनि समेटिएको हो । 
बलात्कार आरोपी सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्न क्रिकेट संघलाई हतारो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ