arrow

लोकदोहारी प्रतिष्ठान गण्डकीमा राजन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
rajan karki.jpg

पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेश समितिको अध्यक्षमा लोकगायक राजन कार्की विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार पूर्ण परियारलाई पाँच मतले पछि पार्दै उनी विजयी भएका हुन् । 

निर्वाचन अधिकृत दुर्गाप्रसाद कोइरालाका अनुसार समितिको दोस्रो अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा माया गुरुङ, प्रथम उपाध्यक्षमा दिलु लामा, द्वितीय उपाध्यक्षमा प्रेमराज अधिकारी, महिला उपाध्यक्षमा मञ्जु विक र सचिवमा रामजी पौडेल निर्वाचित भएका छन् ।

यस्तै महिला सचिवमा ज्योति लोहोनी, कोषाध्यक्षमा कृष्ण सुवेदी, सहसचिवमा दीपक पौडेल, सहकोषाध्यक्षमा होम गुरुङ तथा महिला सदस्यमा मधु चापागाईं, टौसेवा गुरुङ, सुनिता नेपाली र सपना परियार चयन भएका छन् । 

भूगोलतर्फ स्याङ्जाबाट ऋषि डुम्रे, म्याग्दीबाट अमित विश्वकर्मा, लमजुङबाट टसबहादुर गुरुङ, तनहुँबाट विष्णु पराजुली, बागलुङबाट हरि सुनार, कास्कीबाट माधव चापागाईं, नवलपुरबाट विष्णुकुमार वाग्ले, पर्वतबाट सरस्वती लामिछाने र गोरखाबाट विकास नेपाली सदस्यमा चयन भएका छन् । 

यस्तै खुला सदस्यमा प्रकाश बराल, सन्दीप परियार, कृष्ण गैरे, टेक क्षत्री, विक्रम गुरुङ, धिरन थापा र ज्ञानेश्वर सुवेदी चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष कार्कीले लोक सङ्गीतको उत्थान र कलाकारको हितमा आफू सक्रिय रहने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ