arrow

बलात्कार आरोपी सन्दीपको निलम्बन फुकुवा गर्न क्यानमा सहमति, आज माइन्युट हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १८ बुधबार
sandeep-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोपी पूर्व कप्तान सन्दीप लामिछाने माथिको निलम्बन फुकुवा गर्ने सहमति गरेको छ । पोखरामा जारी क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने सहमति गरेको हो । 

बोर्डको मंगलबारको बैठकमा सन्दीपमाथिको निलम्बन फुकुवा गर्ने सहमति बनेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘हिजो एक खालको सहमति भएको छ आज माइन्युटिङ हुन्छ ।’

बोर्ड बैठकका १७ वटा एजेन्डामध्ये सन्दीपको निलम्बन फुकुवा सम्बन्धी बुँदा दशौं नम्बरमा रहेको थियो । अदालतमा मुद्दा जारी रहँदा क्यानले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय भने अशोभनीय देखिएको छ । यसले क्यानको नैतिकतामाथिसमेत गम्भीर प्रश्न तेस्र्याएको छ । 

गत भदौ २१ गते एक नाबालिकलाई बलात्कार गरेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले २३ गते पक्राउ पूर्जी जारी गरेको थियो । सोही दिन नै क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । सन्दीप विरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन रहेको छ ।  

गम्भीर आरोप लागिरहँदा रहँदै गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सोसँगै सन्दीप पुस २९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए ।

तर सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा महान्यायाधीवक्ता कार्यालयले निवेदन दिएको छ । उच्च अदालतको आदेश बदरको माग गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको पूर्पक्ष गर्नुपर्ने माग गर्दै महान्यायाधीवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ