arrow

बलात्कार आरोपी सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन सर्वोच्चमा निवेदन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १७ मंगलबार
sandeep-lamichhane-arrest.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका निलम्बित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन सर्वोच्च अदालतमा निवेदन परेको छ । महान्यायाधीवक्ताको कार्यालयले आज सन्दीपलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन सर्वोच्चमा निवेदन दिएको हो । 

महान्यायाधीवक्ताको कार्यालयका प्रवक्ता सहन्यायाधीवक्ता संजीवराज रेग्मीले थुनछेक सम्बन्धी कानूनी व्यवस्था भन्दा बाहिर गएर आदेश भएको भन्दै सन्दीपलाई फेरि थुनामै राखेर मुद्दा अगाडि बढाउनु पर्ने भन्दै निवेदन दिइएको बताए । 

उनले भने, ‘थुनछेक सम्बन्धी कानूनी व्यवस्था भन्दा बाहिर गएर आदेश भयो । त्यो त्रुटिपूर्ण छ । कानूनको व्यवस्थाभन्दा फरक हो भन्ने कुरा । अर्को त्यस्तै किसिमका केसमा सर्वोच्च अदालतले थुनछेकको सम्बन्धमा गरेको ब्याख्या पनि फरक छ अथवा त्यो चाहिँ ब्याख्यात्मक त्रुटिपूर्ण छ । सैद्धान्तिक नजिरको उल्लंघन भा’ छ भन्ने दुई वटा त्यही ग्राउन्डमा छ हाम्रो निवेदन ।’

उनले अगाडि थपे, ‘मुद्दा त चलिसकेकै छ । अब पूर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अगाडि बढाउनु पर्छ भन्ने हो ।’

यसअघि उच्च अदालतले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । सोही आदेशअनुसार सन्दीप अहिले थुनामुक्त छन् । 

यसअघि एक नाबालिकलाई बलात्कार गरेको आरोप लागेका सन्दीपलाई जिल्ला अदालत काठमाडौंले थुनछेक बहसपछि पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । तर उक्त आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएको थियो । 

यही आदेशविरुद्ध महान्यायाधीवक्ताको कार्यालय सर्वोच्च अदालतमा पुगेको हो । मुद्दा भने जिल्ला अदालत काठमाडौंमै विचाराधीन अवस्थामा छ ।

यी समाचार पनि हेर्नुहोस्-

सन्दीप लामिछानेलाई कारागार पठाउन आदेश

बलात्कार आरोपी सन्दीप लामिछाने एयरपोर्टबाटै पक्राउ

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ